Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण

२०८० आश्विन ३ गते

बैंकिङ खबर/एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै यस्तै प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा वृद्धिदर १.९ प्रतिशत रहेको थियो ।

यस वर्ष भने ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले चालु आवमा मुद्रास्फीति दर (मूल्यवृद्धि) ६.२ प्रतिशत हुने जनाएको छ । गत आवमा ७.७ प्रतिशत रहेको थियो ।