Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमई पे ले ल्यायो बुबाको मुख हेर्ने दिनलाई अफर

२०८० भाद्र २७ गते

बैंकिङ खबर/ नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘Memories with Father : Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ ।

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने याे अफरमा सेवाग्राहीले ‘आईएमई पे’ को फेसबुक पेजमा रहने बुवाको मुख हेर्ने दिन सम्बन्धित पोस्टमा आफू र आफ्नो बुबाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेखेर #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।

प्राप्त कमेन्टहरू मध्ये सबैभन्दा उत्कृट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनाेट गरिने र विजेताहरूलाई Human Fit को पाँच हजार रुपैयाँ बराबरकाे उपहार प्रदान गरिने ‘आईएमई पे’ ले जनाएकाे छ ।