Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

क्रिप्टो करेन्सी कारोबारको आरोपमा युवक पक्राउ

२०८० भाद्र १८ गते

बैंकिङ खबर/ क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्रा गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी घर भएका २७ वर्षीय पुरुषोत्तम कार्की छन् । बूढानकिलण्ठ नगरपालिका स्थित पासिकोट बस्दै आएका कार्कीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

क्रिप्टो करेन्सीमार्फत आर्थिक कारोबार गर्दा नोटको कारोबार हुँदैन । कारोबार गर्ने व्यक्तिको आईडीमा खाता हुन्छ । खातालाई ब्लकचेन भनिन्छ । सो ब्लकचेमा भएको डिपोजिटलाई भुक्तानीको रुपमा कारोबारीले बेच्छन् ।
कार्कीले सामाजिक संजाल मार्फत क्रिप्टो खरिद बिक्री गर्नेबारे ‘बार्गेनिङ’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।