
बैंकिङ खबर/नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्ने भएको छ ।
गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागि “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गर्न लागिएको हो । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि तपसिल बमोजिम नियम तथा सर्तहरु लागू हुने जनाइएको छ ।
– इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।
– सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “ःMentions” मा पोष्ट गर्नुपर्नेछ ।
– फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः
#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited
– सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।
अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार प्रदान गरिनेछ ः
– प्रथम – रु ३०००
– द्वितीय – रु २,०००
– तृतीय – रु १,०००
यस प्रतियोगिताले तीजको समृद्ध परम्परालार्इृृ मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिनेछ भन्ने कुरामा विश्वस्त रहेको बैंकले जनाएको छ ।




