Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

२०८० भाद्र १३ गते

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

बैंकले प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।