
बैंकिङ खबर/ नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले कान्तिपुर सिनेमास् सँग एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता गरेको छ। यो सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ।
कान्तिपुर सिनेमास् एक ओटीटी प्लेटफर्म हो। जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई स्ट्रीमिङ सेवा प्रदान गरिन्छ। आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ ५ गते सो सम्झौतामा हस्ताक्षर गरेका छन्।
‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास९लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ।


