August 9th, 2023

सोमनाथ बाबा कलेजमा एनएमबि बैंकको वित्तीय साक्षरता

बैंकिङ खबर/ एनएमबि बैंक सुनवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित सोमनाथ बाबा माध्यमिक विद्यालयमा प्लस टु ब्यवस्थापन विषय अध्यनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको हो ।

आउँदै गरेको अगस्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अगस्ट महिनाभरी एनएमबि बैंकले देशभर कलेज लेभलका विद्यार्थीहरुलाइ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

शाखा प्रबन्धक ज्ञवालीले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धी ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान(एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुविधाकोबारे अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा बिधालयका प्राचार्य रेश्मिराज बश्याल, ब्यवस्थापन सन्काय कोर्डिनेटर खगराज उपाध्यायले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिँदै कार्यक्रमबाट समय, सापेक्ष र ब्यवहारिक वित्त सम्बन्धि ज्ञान आफुहरुलेपनि सिकेको बताउनुभएको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए।

एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलो पटक एशिया महादेशभित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो । सो कार्यक्रममा बैंकका कर्मचारी कृष्ण पान्डे , सुनिल अर्याल, सागर सुवेदी लगायतको उपस्तिथि रहेको थियो ।