Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमई पे र बुद्ध एयरबीच सहकार्य

२०८० श्रावण २२ गते

बैंकिङ खबर/ निजी वायुसेवा कम्पनी बुद्ध एयर र अनलाइन भुक्तानी सेवा आइएमई पेबीच व्यवसायिक सहकार्य भएको छ। आइएमइ पेबाट बुद्ध एयरको टिकट किन्दा यात्रुले चन्द्रागिरी केबलकारको नि:शुल्क कुपन प्राप्त गर्न सक्नेछन्।

‘आइएमई पेले ग्राहकको सुविधाको लागि क्यास-लेस सोसाइटी निर्माणमा प्रोत्साहन गर्दै आएको छ,’ आइएमइ पेका सीईओ प्रवीण रेग्मीले भने। आइतबार बुद्ध र आइएमई पेबीच व्यवसायिक सम्झौंता भएको थियो। हाल बुद्ध एयरले एटीआर-७२ र एटीआर-४२ सिरिजको जहाजमार्फत उडान गर्दै आएको छ।