Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमई पे ले ल्यायो महिला लक्षित ‘प्रिटी उत्सव’ अफर

२०८० श्रावण १५ गते
 

बैंकिङ खबर/ आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ। सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ।

यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिक को रु ५००० को भौचर प्रदान गरिने छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ।

अफर अन्तराल भरि प्रत्येक ५ दिन पश्चात् गोला प्रथा मार्फत २ जना विजेता छनौट गरिने छ। विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ।

सेवाग्राहीले जुनसुकै क्यु आर मार्फत भुक्तानी गर्न सक्ने छन्। विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन्। यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ।