Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको नयाँ एटिएम बुथ ताल्ती धादिङमा

२०८० श्रावण १२ गते

बैंकिङ खबर/ सानिमा बैंकले रोराङ गाउँपालिका, धादिङमा नयाँ एटिएम काउन्टर विस्तार गरेको छ । रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले सानिमा बैंक लिमिटेडले बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित Hauxin सिमेन्ट नारायणी प्रा. लि. उद्योगको परिसरमा ए.टि.एम. बुथको स्थापना गरेको छ ।

उक्त ए.टि.एम बुथको एक समारोहकाबीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर Xiang Chang Hong तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाले संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर Xiang Chang Hong ले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए ।

त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी ए.टि.एम. स्थापना गर्न अवसर जुटाइदिने सम्पूर्ण सरोकारवालालाई धन्यबाद ज्ञापन गर्दै उक्त ए.टि.एम.को भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।

साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराइन् । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यबाद ज्ञापन तथा कार्यक्रमको संचालन सानिमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख बिक्रम श्रेष्ठले गरेका थिए ।