Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक र पिजफाइर रेष्टुरेन्टबीच सम्झौता

२०८० श्रावण ९ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र पिजफाइर रेष्टुरेन्टका तर्फ बाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरु तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफाइर रेष्टुरेन्टद्वारा प्रदान गरिने “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सम्झौता अन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको क्यु.आर.कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।