Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

मौद्रिक नीतिः अब ऋणीले पनि प्यान नम्बर लिनुपर्ने

२०८० श्रावण ७ गते

बैंकिङ खबर/निश्चित रकमभन्दा माथिको ऋण लिनेले स्थायी लेखा (प्यान) नम्बर लिनुपर्ने भएको छ। आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।

राष्ट्र बैंकले भनेको छ, ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गरिनेछ।’