July 21st, 2023

सानिमा बैंकको ‘ब्यालेन्स सर्टिफिकेट’ अनलाइनमार्फत जानकारी लिन सकिने

बैंकिङ खबर/सानिमा बैंकले ‘ब्यालेन्स सर्टिफिकेट’ र ‘गुड फर पेमेन्ट चेक’ को अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ।

सानिमा बैंकद्वारा जारी गरिएका ‘ब्यालेन्स सर्टिफिकेट’ को आधिकारिकता उक्त ‘ब्यालेन्स सर्टिफिकेट’ मा उल्लेखित क्यूआर कोड स्कयान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिनेछ।

यसैगरी, बैंकले ‘गुड फर पेमेन्ट चेक’ को अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ। यस अन्तर्गत ‘गुड फर पेमेन्ट चेक’ को आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिने बैंकले जनाएको छ।

यस सुविधाको सुरुवातसँगै नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ र नक्कली ‘गुड फर पेमेन्ट चेक’ हरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ। सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटीएम सञ्जालहरु रहेका छन्।