
बैंकिङ खबर/ कृषि विकास बैंकले सामाजिक उत्तरदायित्व कोषवाट नेपाल महर्सि वैदिक फाउण्डेशनलाई प्राकृतिक श्रोत र वातावरणमा हुने प्रतिकुल असरवाट जोगाउन प्राकृतिक खेती र यस संग प्रत्यक्ष सरोकार राख्ने मल, रोग तथा किरा नियन्त्रण, वाली व्यवस्थापन आदिबारे समुदायमा जनचेतनामूलक र उत्पादनमूलक कार्यक्रममा सहयोग पुराउने कार्यका लागि सहयोग प्रदान गरेको छ ।
वातावरण संरक्षणसहित शुद्ध खाद्य वस्तुको उत्पादन तथा स्थानीय स्तरमै उचित मूल्यसहित बजार पहँुचको सुनिश्चिता गर्ने फाउण्डेशनको लक्षमा यस कार्यक्रमले सहयोग पुग्ने कुरा उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदीले बताए । वैदिक फाउण्डेशनले दक्षिणकाली न.पा. वडा नं १ वोसनमा वैदिक आर्गानिक कृषि कार्यक्रम अन्तर्गत तरकारी र गोलभेडा खेतीका लागि टनेल निर्माण तथा उत्पादन कार्यका लागि सो सहयोग उपयोग हुने उक्त संस्थाले जनाएको छ । सहयोग रकम वैदिक प्राकृतिक कृषि प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
उक्त अवसरमा कृषि विकास बैंक लि. का उप महाप्रवन्धक प्रताप सुवेदी, सञ्चालन तथा वजार व्यवस्थापन विभागका विभागीय प्रमुख मीनराज पोखरेल, वरिष्ठ शाखा प्रमुख सरोज महत र फाउण्डेशनकोतर्फबाट कार्यकारी निर्देशक भुपेन्द्र नीराजन, परियोजना संयोजक विन्दु शर्मा, फार्म सुपरभाईजर पुरुषोत्तम नगरकोटी तथा स्थानीय कृषक लगायतको उपस्थितिमा सो वैदिक अर्गानिक खेती गरिएको क्षेत्रको अवलोकन समेत गरे । उक्त अवसरमा महर्सि वैदिक फाउण्डेशनलाई प्राकृतिक कृषि प्रर्वद्धनमा मद्धत पु¥याएकोमा संस्थाले बैंकलाई धन्यवाद समेत प्रदान गरेको छ ।


