July 17th, 2023

बैंकिङ कसुरः लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ

बैंकिङ खबर/लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । प्रहरीले उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो ।

तत्कालीन जनता समाजवादी पार्टीमा आवद्ध नेता यादव पछि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि निलम्बनमा परेका थिए ।यादव पछि एमालेमा प्रवेश गरेका थिए ।

यादवले रुपन्देहीको सियारी गाउँपालिका १ का उमाशंकर यादवलाई बैंक अफ काठमाण्डूको १२ लाख २८ हजारको चेक दिएका थिए । खातामा रकम नभएपछि उक्त चेक बाउन्स भएको थियो । यादवलाई बाँकेको डुडुवा गाउँपालिकाबाट पक्राउ गरिएको हो ।