Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकलाई आइएसओ प्रमाणीकरण

२०८० असार ३१ गते

बैंकिङ खबर/ सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ। बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यस्तो प्रमाणीकरण पाएको उल्लेख गरेको छ। बैंकले आइएसो २७००१:२०१३ प्राप्त गरेको हो।

बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको यस्तो मूल्यांकन एएमटीआइभीओ ग्रुपले गरेको हो। बैंकले सात प्रदेशमा १ सय ३२ कार्यालय र एक सय २२ एटिएममार्फत् ग्राहकहरूलाई सेवा दिँदै आएको छ।