
बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आइरहेको छ । यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।
बैंकले मधेश प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम,चन्द्रनिगाहपूर अस्पताल, गजेन्द्र ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ ।
बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्रतर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै उक्त अस्पतालमा आउनुहुने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणा छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत रु २ करोड सम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण-खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्र सर्वसुलभ व्याजदरमा कर्जा प्रदान गर्दै आइरहेको छ र इच्छुक ग्राहकहरुले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन् ।



