June 20th, 2023

कुमारीद्वारा हेलिकप्टरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

बैंकिङ खबर/कुमारी बैंक लिमिटेडले सडकको पहुँच नपुगेको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता बाँड्ने काम गरेको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुगेको कारणले सामाजिक सुरक्षा भत्ता लिनका लागि वृद्ध तथा अन्य सबैले दुईदेखि तीन दिनको बाटो हिँड्नु पर्छ ।

त्यही कष्टलाई मध्यनजर गर्दै बैंकले गत जेठ ३ गतेका दिन काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षा भत्ता पुर्याउने कार्य सम्पन्न गरेको जनाएको छ । बैंकले चुमनुब्री गाउँपालिकामा आफ्ना ग्राहकहरूका लागि चौतर्फी रूपमा सेवा–सुविधा पु¥याउने कार्यलाई निरन्तरता दिने कुराको प्रतिबद्धता जनाएको छ । बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत् बैंकिङ सेवा प्रदान गरेको छ ।