Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सन्राइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न

२०८० असार ३ गते

बैंकिङ खबर/सन्राइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भयो ।

उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । प्रस्ताब अनुरुप सन्राइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित गरिएको छ ।

आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।