Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइजसँगको मर्जर प्रक्रिया स्वीकृत

२०८० असार ३ गते

बैंकिङ खबर/ लक्ष्मी बैंक लिमिटेडको असार ३ गते सम्पन्न विशेष साधारणसभाले सनराइज बैंकसँगको मर्ज प्रक्रिया स्वीकृत गरेको छ।

सभाले लक्ष्मी बैंक र सन्राइज बैंकबीच १ः१ को सेयर अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गरेको छ। सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात वृद्धि हुने सेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य रहेको छ।