Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

’माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

२०८० असार १ गते

बैंकिङ खबर/नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् ।

पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ’आइएमई’ र ’आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ ।

विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङखलाको ५ विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोश्रो अग्लो हिमाल माउन्ट केटु पनि आरोहण गर्न लागेकी हुन् । ७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तिकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो यो आरोहण यात्रा सुरु गरेकी हुन् ।

फोटो पत्रकार समेत रहेकी पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन्।