Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँच जना पक्राउ

२०८० जेष्ठ ३१ गते

बैंकिङ खबर/प्रहरीले बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ। वान एक्स बेटबाट बेटिङमा संलग्न पाँचजनालाई काठमाडौं उपत्यका अपराध कार्यालयको टोलीले पक्राउ गरेको हो।

काठमाडौंका विभिन्न ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुले करिब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ।

पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछाने र अनिता धिताल छन्। प्रहरीका अनुसार कैलालीका खड्का दोस्रोपटक पक्राउ परेका हुन्।