
बैंकिङ खबर/ वाणिज्य बैंकले पछिल्लो समय ग्राहकको खाताबाट अनाधिकृत व्यक्तिले रकमान्तर गर्ने प्रवृत्ति बढे क्रममा रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
वाणिज्य बैंकले एक सूचना जारी गर्दै भनेको छ, ‘विगत केहि समयदेखि अनाधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकहरुलाई बैंकको केवाइसी अपडेट गर्नुपर्ने देखिएकोले सोको लागि सम्बन्धित ग्राहकलाई मोबाइलमा आएको ६ अंकको नम्बर(ओटिपी) उपलब्ध गराइदिन अनुरो गर्ने गरेको पाइएको छ ।
ओटिपी प्राप्त भएपश्चत मोबाइल बैंकिङ। इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस/आएसिएस/वालेट जस्ता उपकरणहरुको पासवर्ड रि सेट गरी एकाउन्ट एसिस गर्ने र ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको पाइएको छ।’
बैंकले इमेल वा फोन मार्फत ग्राहको ओपिटी/पासवर्ट वा अन्य गोप्य राख्नुपर्ने जानकारी कहिले पनि नसोध्ने भएकाले यस प्रकारको कल तथा इमेलबाट सतर्क रहन अनुरोध समेत गरेको छ ।





