June 11th, 2023

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले CSR Activity अन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहयोगको स्वरुप सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले Semi Folding Bed, Normal Wheel Chair / IV Stand बिहिबार सो स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँके मा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको थियो ।