
बैंकिङ खबर/मिटरब्याजविरुद्ध नौ जिल्लामा मात्रै करिब बीस हजार पीडित परिवारले उजुरी दिएका छन् । मधेशका आठ जिल्ला र पश्चिम नवलपरासीमा मात्रै एक महिनाको अवधिमा १९ हजार ९४२ उजुरी परेका छन् ।
सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँझबुझ आयोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट सुदखोरविरुद्ध उजुरी आह्वान गरेको थियो । तीबाहेक अन्य जिल्लामा परेका उजुरीहरुको विवरण भने संकलन भइसकेको छैन ।
आयोगले ७ जना मिटरब्याजीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ भने कतिपय उजुरीउपर छानबिन र मिलापत्रसमेत गराएको छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी तथा नवलपरासी पश्चिममा त्यहाँ रहेका जिल्ला प्रशासन कार्यालयमार्फत् १९ हजार ९४२ उजुरी दर्ता भएका छन् । तीमध्ये १२६ उजुरीउपर छलफल गरी पीडित र पीडकबीच मिलापत्र भएको छ भने १३९ उजुरीमाथि छलफल चलिरहेको छ ।
आयोगले उजुरीउपर छानबिन गरी सप्तरी र धनुषामा एक–एक वटा मुद्धा दर्ता गरेको छ । अहिले पक्राउ पर्ने मिटरब्याजीमा ४ महिला र ३ पुरुष छन् ।
कुन जिल्लाबाट कति उजुरी ?




