Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दोब्बर बढ्यो अरनिको डेभलपमेन्ट बैंकको नाफा 

२०७३ कार्तिक १७ गते

aranikoअरनिको डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षभन्दा दोब्बर बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बैंकले ३५ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । 

बैकको खुद ब्याज आम्दानीमा पनि लगभग दोब्बरले बृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा एक करोड ३५ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा दुई करोड ५० लाख ६१ हजार रुपैयाँ आम्दानी गरेको छ ।  
 
चुक्ता पुँजी २५ करोड ७८ लाख ३० हजार रहेको बैंकले १३ करोड ८८ लाख ३१ हजार रुपैयाँ रिजर्भमा राखेको छ भनेसम्भावित जोखिमका लागि ९० लाख २६ हजार रुपैयाँ छुट्याएको छ । यो अवधिमा बैंकले २९ लाख ७७ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
 
बैंकको खराब कर्जा अनुपात १.६४ प्रतिशत, कस्ट अफ फन्ड ६.६३ प्रतिशत, प्रति सेयर आम्दानी १२. ६८ रूपैयाँ तथा प्रतिसेयर नेटवर्थ १५३.८५ रुपैयाँ छ ।