Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीइओमा नीरजमान सैंजु

२०८० जेष्ठ १७ गते

बैंकिङ खबर/सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नीरजमान सैंजु नियुक्त भएका छन्। ४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव छ। उनले धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी काम गरिसकेका छन्।

क्यानडाको सेक्युरिटी इन्स्टिच्युटबाट वित्तीय सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान रहेको कम्पनीले दाबी गरेको छ। नवनियुक्त सीइओ सैंजुले कम्पनीको दिगो आर्थिक वृद्धिका लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी ग्राहक केन्द्रित सेवा उपलब्ध गराउने बताएका छन्।