
बैंकिङ खबर/ आइएमई पे र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा अरोगिन हेल्थ केयरका तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसनका तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्तनी गर्दा ४५%सम्म छुट प्राप्त सकिनेछ। उक्त सम्झौताअन्तर्गत अरोगिन हेल्थ केयरको विभिन्न सेवासुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तनी गर्दा सुविधाबमोजिम ५% देखि ४५% सम्म छुट प्रदान गरिनेछ। यो छुट सीमित सेवालाई मात्र लागू हुने कम्पनीले जनाएको छ।


