बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट कार्यान्वयनमा आशंक नगर्न आग्रह गर्दै बजेटमा लक्ष्य पूरा गर्न सकिने गरी तोकिएको दाबी गरे । उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए ।
अर्थमन्त्री महतले सांसद विकास कोष कुनै एक व्यक्तिलाई नभई निर्वाचन क्षेत्रको विकासका लागि दिइएको स्पष्ट पारे । उनले यसमा संसद्को भूमिका सिफारिस मात्र गर्ने भएको र कार्यान्वयन गर्नेमा नभएको बताए ।