
बैंकिङ खबर/ महोत्तरीस्थित एनएमबी बैंकबाट ३५ लाख रुपैयाँ लुटपाट भएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका– २ स्थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको र उनीहरूले हतियार समेत बोकेको प्रहरीले जनाएको छ । यकिन रकम कति लुटेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । बैंकले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।



