Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा रु १२५+ क्यासब्याक’

२०८० जेष्ठ ९ गते
NMB app to IME PAy

बैंकिङ खबर/ आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५+ क्यासब्याक पाउने भएका छन् ।

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५+ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने छन्। उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।