Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्राहकको खाता र व्यक्तिगत गोपनियतालाई उच्च गम्भीरताका साथ लिएका छौं: एभरेष्ट बैंक

२०८० जेष्ठ ९ गते

बैंकिङ खबर/ एभरेष्ट बैंकले चोरी भएको भनिएको ग्राहकको पैसा ग्राहकको खातामा फिर्ता भएको बताएको छ । बैंकले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

केहि समय पहिले एभरेष्ट बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत तरिकाले पैसा निकालेका थिए । सोही कुरालाई लिएर संचारमाध्यममा समाचार आएका थिए ।

अन्तिममा बैंकले कर्मचारीले हिनामिना गरेको पैसा ग्राहकको खातामा जम्मा गरिदिएको र यसको जानकारी पनि राष्ट्र बैंकले गरिसकिएको बताएको छ । ग्राहकको पैसा हिनामिना गर्ने कर्मचारीलाई भने प्रहरीको जिम्मा लगाई हाल अनुसन्धान भइरहेको बैंकले जानकारी दिएको छ ।