Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा विशेष छुट

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले अरोगिन हेल्थ केयरमा विभिन्न सेवा सुविधाहरूमा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचारलगायत छाला, दाँतसम्बन्धी समस्याको हेरचाहसँगै अन्य विभिन्न सुविधाहरू रहेका छन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।