Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल प्रहरी अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

२०८० बैशाख २७ गते

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा  बैशाख २१ गते बिहिबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।

बंैकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार-आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंक का प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गर्नु भएको थियो । सो समारोहमा बैंक  तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।