Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमई पेले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने

२०८० बैशाख २५ गते

बैंकिङ खबर/आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ। ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको जनाएको छ।

सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने छ। रिवार्ड पोइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ। सो रिवार्ड पोइन्ट कारोवार गर्दै जादा जोडिँदै जाने छ र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने कम्पनीको भनाई छ।