Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सन्‌राइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

२०८० बैशाख २१ गते

बैंकिङ खबर/ सन्‌राइज बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।

सोही क्रममा वैशाख १५ शुक्रबार बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको थियो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा ए.टि.एम र १०२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।