Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूरः बानेश्वरबाट पक्राउ परे फरार अभियुक्त

२०८० बैशाख २० गते

बैंकिङ खबर/बैंकिङ कसूर मूद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्‍ने राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ माघ २७ गते २६ लाख जरिवाना र २ वर्ष कैद सुनाएको थियो। तर उनी फरार रहेका थिए ।