Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमई पेमा पहिलोपटक क्यूआर भुक्तानी गर्ने ग्राहकलाई रु.२५ क्यासब्याक

२०८० बैशाख ८ गते

बैंकिङ खबर/आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले पहिलोपटक क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ।

यस अभियानअन्तर्गत आइएमई पेबाट पहिलोपटक क्यूआर कोड स्क्यान गरी भुक्तनी गर्ने ग्राहकले ‘फर्स्टक्यूआर’ प्रोमोकोड प्रयोग गरी रु. २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यो क्यासब्याक ग्राहकलाई क्युआर भुक्तनी गर्न प्रेरित गरी विद्युतीय भुक्तनी गर्न प्रोत्साहन गर्न र साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले सुचारु गरिएको कम्पनीले जनाएको छ।