Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमईले ल्यायो ‘७ मा ७’ अफर

२०८० बैशाख ५ गते

बैंकिङ खबर/आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मूलनारासाथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद ७ हजार प्रदान गरिने कम्पनीले जनाएको छ।

उक्त योजना २०८० वैशाख १ देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने कम्पनीको भनाइ छ। विदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरुमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ।