बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक र ल्यान्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालिबीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई रिसोर्टको विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।
सम्झौता पश्चात बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले ल्यान्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि अन्तर्गतका विभिन्न स्थानहरूमा (काठमाडौं, पोखरा, चितवन) रहेका होटेलहरूमा ऐकोमोडेसन, फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
साथै, बैंकले मुक्तिनाथ विशिष्ट सहज कर्जा योजना अन्तर्गत दुई करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण-खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजातहरू पुरा गरेको ३ कार्य दिन भित्र सर्वसुलब ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ।