Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्यूआर भुक्तानी सेवा शुरु

२०७९ चैत्र ३० गते

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत् स्मार्ट क्यूआरद्वारा भुक्तानी सेवा लिन/दिन सकिने भएकाे छ ।   रेमिट्याप वालेटमार्फत् विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिन तथा दिन स्मार्ट क्यूआरको सुविधा लिन सक्ने भएका हुन् । 

यो सेवा सुरु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्युआर नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सीयल स्वीचमार्फत् कारोबारको भुक्तानी तथा फर्छ्याेट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।