Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

यसकारण एफएनसीसीआई केन्द्रीय सदस्यमा मेरो उम्मेदवारीः खुमबहादुर सुवेदी(भिडियोसहित)

२०७९ चैत्र २६ गते

यहि चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को निर्वाचनको केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले उम्मेदवारी दिँदै छन् । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष समेत रहेका सुवेदीले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनकुमार श्रेष्ठ र उपाध्यका उम्मेदवार मनिषलाल प्रधानको प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् । यसैबीच बैंकिङ खबरले निर्वाचन केन्द्रीत रहेर उम्मेदवार सुवेदीसँग कुराकानी गरेको छ । प्रस्तुत छ सुवेदीसँग गरिएको गरिएको कुराकानीको सम्पादित अंशः

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार दिँदै हुनुहुन्छ ?, तपाईको उम्मेदवार के का लागि ?

मैले ३० वर्ष पर्यटन क्षेत्रमा बिताए । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)को अध्यक्ष भएर काम गरे । त्यस अर्थमा पनि मैले मेरो उम्मेदवारी आवश्यक छ भन्ने लाग्यो । नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसले सक्षम र समर्पित नेतृत्व पाउनुपर्ने छ । टान लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरेर कुशलता र समर्पण प्रदर्शन गरिसकेकाले महासंघको सदस्यमा मेरो जीत अनिवार्य छ ।

टानमा मैले दुई वर्षभन्दा बढी नेतृत्व गरेँ । मैले आफ्नो व्यवसायलाई छोडेरै टानलाई समय दिएको थिएँ । महासंघमा पनि पुरा समय दिएर काम गर्ने छु । पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायीहरूको साथ–समर्थन रहेको र व्यावसायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आफूले पुर्‍याउँदै आएको योगदानलाई मूल्याङ्कन गर्दै आफूलाई महासंघको सदस्यमा निर्वाचित गराउने विश्वास छ ।

महासंघ देशैभरीको छाता संगठन हो । त्यो भित्र धेरै विषयगत स्पेसलाईजहरु छन् । महासंघ नेपालमा आर्थिक उन्नती, प्रगती र नेपाल सरकारलाई ब्याकअप रुपमा काम गर्ने मूख्य संस्था हो । यस हिसाबले पनि मैले बस्तुगत संघबाट केन्द्रीय सदस्यको रुपमा सम्पूर्ण पर्यटन व्यवसायीहरु र अन्य व्यवसायीहरुको साथ र सहयोगको आधारमा महासंघको बस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी पेस गरेको छु ।

निर्वाचित भइसकेपछि तपाईका योजनाहरु के–के छन् ?

पयर्टनलाई मुख्य आधार बनाएर १ सय १२३ वटै वस्तुगत विद्याको जुन स्पेसलाईज संघसंस्थाहरु हुन्छन् । उहाँहरुको, अध्यक्ष ज्यूहरुको भावमा उहाँहरुको आवश्यकताको आधारमा उहाँहरुले चाहनु भएको, खोज्नु भएको के हो ? भन्ने विषयबस्तुहरुलाई मुख्य केन्द्र बनाएर प्रिजिङको रुपमा नेपाल सरकार र सरोकारवाला निकायहरुसँग उहाँहरुको भ्वाइस, रोजगारी सिर्जना ग्रोथ गरेर लैजाने मेरो प्रयत्न हुनेछ ।

अर्को म आफुले आफुलाई चिनाउन र कुनै व्यवसाय फस्टाउनका लागि मात्र जान लागेको होइन् । यस अर्थमा हामिले १ सय २३ वटै वस्तुतग विद्याको अध्यक्ष, त्योसँग सरोकार राख्ने व्यक्तित्वहरुको भ्वाइसलाई सम्बन्धित ठाउँमा लैजाने र हरेक तीन-तीन महिनामा वस्तुगत परिषद् वा संघको मिटिङ राखेर उहाँहरुको भ्वाइसलाई सम्बन्धित ठाउँमा पुर्याउने र कार्यान्वयन गराउनलाई प्रयत्न गर्नेछु ।

अर्को नेपालको आर्थिक स्रोतको रुपमा जुन हाइड्रो, पर्यटन, कृषि भनेका छौं । सबै विषयवस्तुहरुलाई जोडेर त्रिकोणत्मक पर्यटन विकास गर्ने र १ सय २३ वटै वस्तुगत संघहरुलाई सशक्त बनाएर लैजाने प्रयत्न हुनेछ ।

पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन लागेपनि महासंघमा गएपछि सबै क्षेत्रका उद्योगी व्यवसाय र व्यवसायीहरूको हकहितमा काम गर्नेछु । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीहरूको पेशागत हकहित संरक्षण एवम् उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पु¥याउने ठुलो र साझा संस्था हो । सबै क्षेत्रका उद्योगी व्यवसायीहरूको हकहितको संरक्षण, उद्योग व्यवसायको विकास र विस्तारमा केन्द्रित भएर काम गर्ने छु ।

नेपाल उद्योग वाणिज्य महासंघमा धेरै व्यतिथिहरु पनि छन् भन्ने सुनिन्छ ? वरिष्ठ उपाध्यक्ष हुनका लागि आ–आफ्नै प्यानल बनाएर उठेको अवस्था छ । सबै एकजुट हुनुपर्ने ठाउँमा किन यस्तो देखियो ?

हामीले पनि त्यहि अपेक्षा गरेको हो । तर पनि डेमोक्रेडिट प्रक्रिया र मन मिल्ने, इस्यु, एजेण्डा मिल्ने, आफ्नो इस्यु,एजेण्डा, मिसन भिजनलाई एउटा स्ट्रेनको रुपमा प्रिजेन्टगर्ने टिमको आवश्यकता हुन्छ ।
त्यो टिम मैले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनकुमार श्रेष्ठ र उपाध्यका उम्मेदवार मनिषलाल प्रधानको प्यानलबाट पाएको छु । त्यसै अर्थले पनि यो टिम खडा भएको हो ।

तर मुख्य केन्द्र भनेको १ सय २३ वटै वस्तुगत संघहरुलाई मुखरित गर्ने हो । त्यसलाई नै महत्वका साथ लिने हो । अहिले तीनवटा टिम चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरुको इस्यु,एजेण्डा, मिसन भिजन जसलाई मन पर्छ । त्यसलाई चुन्नुहुन्छ ।हामी सबै एउटै हौं । तर फरक के छ ? त्यसको आधारमा उहाँहरुले मतदान गर्नुहुनेछ । त्यहि अनुसार नै हामीले मान्नुपर्ने हुन्छ।

हेर्नुहोस् पूरा भिडियो