बैंकिङ खबर/अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०÷८१ को बजेटको तयारी गरेको छ । मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।
बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिव (राजस्वसहित) र अर्थ मन्त्रीले मार्गदर्शन गर्ने गर्छन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भई काम भइरहेको छ । आगामी आवको बजेट १५ जेठ २०८० मा संसदमा प्रस्तुत भइसक्नु पर्छ ।