Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ऋण तिर्न नसक्दा बैंकले घरमा सुरक्षा गार्ड राखेको भन्दै आपत्ति

२०७९ चैत्र २२ गते

बैंकिङ खबर/दमक उद्योग वाणिज्य संघले ऋण तिर्न नसक्दा बैंकले घरमा सुरक्षा गार्ड राखेको भन्दै आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै देशको आर्थिक अवस्था निकै संकटमा रहेको र विभिन्न बैंक तथा वित्तीय संस्थाबाट वृद्धि गरिएको चर्को बैंक व्यादरका कारण उद्यमी व्यवसायी तथा ऋणीहरुले मासिक किस्ता बुझाउन प्रतिकुल अवस्था श्रृजना भएको भएको जनाएको छ ।

विगत ३ महिनादेखि मासिक किस्ता बुझाउन नसकेको कारण देखाउँदै दमक नगरपालिका ५ स्थित व्यवसायी दुर्गप्रसाद कँडेलको घरमा विगत १ हप्ता देखि एनआइसी एसिया बैंक दमक शाखाले सुरक्षा गार्ड राखि घरपरिवारलाई बन्धक बनाइ आतंक मच्चाएको संघको आरोप छ ।

‘यस्तो निन्दनीय कार्य अविलम्ब रोकेर कानुनी प्रक्रिया मार्फत आफ्नो व्यवहार मिलाउनु पर्नेमा गैह्र संवेदनशील बनि प्रतिकुल अवस्थामा यस प्रकारका गितिविध गरि थप आतंकित बनाएकोमा दमक उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।