April 4th, 2023

मिटरब्याज पीडितका समस्या समाधान गर्न समिति गठन

बैंकिङ खबर/ सरकारले मिटरब्याज पीडित समस्या समाधानका लागि गौरीबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा उत्तमराज सुवेदी र गणेश अर्याल सदस्य छन् ।

मिटरब्याजी समस्या पहिचान तथा समाधानका लागि ठोस र व्यावहारिक सुझाव दिन समितिलाई ३ महिनाको समय दिइएको छ । समितिको मुख्यालय जनकपुरमा रहनेछ ।

मिटरब्याज पीडित संघर्ष समितिसँग शनिबार मिटरब्याज पीडितका समस्या सम्बोधनका लागि सहमति भएपश्चात बस्ने मन्त्रिपरिषदको पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन गर्न सरकारसमक्ष सिफारिस गर्ने सहमति भएको थियो ।