
बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडले एक विशेष कार्यक्रम आयोजना गरी आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ ।
आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गर्नुभयो ।
बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ।
सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्तरोन्नती गरी ग्राहकमैत्री बनाइएको बैंकको नयाँ वेवसाईटको समेत शुभारम्भ गर्नुभएको छ । गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।


