Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरद्वारा Global Money Week-2023 विभिन्न कार्यक्रम गरी सम्पन्न

२०७९ चैत्र १५ गते

बैंकिङ खबर/ वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको बारेमा जानकारी दिँदै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरले विभिन्न कार्यक्रम गरी Global Money Week-2023 (20–26 March)  भब्य रुपमा मनाएको छ ।

वित्तीय सचेतना र किशोर-किशोरी तथा युवा वर्ग लक्षित विश्वब्यापी कार्यक्रमको एघारौं श्रृखला मनाउने कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा वित्तीय चेतनामुलक कार्यक्रम तथा क्याम्पसका विद्यार्थीहरुलाई कार्यालय भ्रमण तथा बैंकहरुसँग विभिन्न अन्र्तक्रिया, बैंक तथा वित्तीय संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा प्रतिनिधित्वका साथै टेलिभिजन तथा पत्रपत्रिकामा अन्र्तवार्ता आदि कार्यक्रम गरी मनाइएको छ ।

 चैत्र ९ गते नवलपरासी जिल्लाको सुनवलमा अवस्थित महाकवि देवकोटा क्याम्पसबाट स्नातक तहमा अध्ययनरत करिव ६० जना विद्यार्थिहरुलाई यस बैंकमा आमन्त्रण गरी वित्तीय साक्षरता तथा बैंक अवलोकन कार्यक्रममा सहभागि गराइएकाे थियो ।

उक्त कार्यक्रम सिद्धार्थनगर कार्यालयका का.मु. निर्देशक जीवन प्रकाश पाण्डेयज्युको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा यस कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले वित्तीय साक्षारता सम्बन्धमा वार्ता प्रस्तुत गर्दै केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको भुमिका, यस बैंकले गर्ने कामकारवाही तथा Digital Literacy   आदिका बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।

सोही कार्यक्रममै यस कार्यालयका का.मु. सहायक निर्देशक सुभास चन्द्र चौधरीले जाली नोट पहिचान तथा सफा नोट नीतिका सम्बन्धमा उपस्थित विद्यार्थीहरुलाई जानकारी प्रदान गर्नुभयो । कार्यक्रममा कार्यालयका का.मु. निर्देशक जीवन प्रकाश पाण्डेयज्युले वित्तीय साक्षरताको सान्र्दभिकता तथा सहभागिहरुबाट उठेका जिज्ञासाहरुको बारेमा सम्वोधन गर्दै सम्पूर्ण सहभागिहरु तथा सम्पूर्ण क्याम्पस परिवारलाई धन्यावाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो भने सो कार्यक्रम प्रधान सहायक कमल प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो ।

 Global Money Week-2023 कार्यक्रम अन्र्तगत नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको आयोजनामा मिति २०७९ चैत्र १० गते कपिलवस्तु जिल्लाको भारतीय सिमावर्ति ग्रामीण क्षेत्रमा पर्ने यसोधरा गांउपालिकाको बैदौलीमा रहेको अनिरुद्ध माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रममा सो विद्यालयका विद्यार्थी, शिक्षक÷शिक्षिका, सुरक्षा निकायका प्रतिनिधि, मनिचेञ्जर व्यावसायी, पत्रकार स्थानीय बुद्धिजिविहरु गरि करिव १५० जना सहभागिता रहेको र उक्त कार्यक्रम यशोधरा गांउपालिका अध्यक्षको प्रमुख आतिथ्यता र सिद्धार्थनगर कार्यालयका उप–निर्देशक गुलाव धवलज्युको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वार्ता प्रस्तुत गर्दै सहायक निर्देशक रमेश कुमार न्यौपानेले वित्तीय साक्षरता र सचेतनाको बारेमा जानकारी उपलब्ध गराउनुको साथै सफा नोट नीति, जाली नोट पहिचान सम्बन्धमा जानकारी गराउनुको साथै वित्तीय चेतनाको अभिवृद्धिले मात्र ब्यक्ति वित्तीय निर्णयमा सक्षम भई वित्तीय क्षेत्रबाट तुलनात्मक लाभ लिन सक्ने र यसबाट आर्थिक रुपमा सफल हुनसक्ने धारणा राख्नुभएको थियो ।

सो कार्यक्रममा सोहि विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थि हरिकेश पाठक, शिक्षक राम सेवक यादव, यशोधरा गांउपालिकाका सल्लाहकार राधेश्याम दसौधि, बिद्यालयका प्रधानध्यापक रमेश कुमार पाण्डे तथा अध्यक्ष सिवदयाल तिवारि लगायतले विचार ब्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रधान सहायक कमल प्रसाद आचार्यले गर्नु भएको थियो ।

यसै गरी Global Money Week-2023 कार्यक्रम अन्तर्गत कार्यालयको आयोजनामा मिति २०७९ चैत्र १० गते नै कपिलवस्तु जिल्लाको भारतिय सिमावर्ति ग्रामीण क्षेत्रमा पर्ने मायादेवि गांउपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रममा सो विद्यालयका विद्यार्थी, शिक्षक,शिक्षिका, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार स्थानिय बुद्धिजिविहरु गरि करिव ६० जना सहभागिता रहेको र उक्त कार्यक्रम मायादेवि गांउपालिका वडा नं. ५ का वडाध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेज्युको आतिथ्यता तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप–निर्देशक गुलाव धवलकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वार्ता प्रस्तुत गर्दै सहायक निर्देशक रमेश कुमार न्यौपानेले वित्तीय साक्षरता र सचेतनाको बारेमा जानकारी उपलब्ध गराउनुको साथै सफा नोट नीति, जाली नोट पहिचान सम्बन्धमा जानकारी गराउनुभयो । सो कार्यक्रममा सोहि विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी राम नरेश कोहार, बिद्यालयका प्रधानाध्यापक राम निवास चौहान तथा वडा अध्यक्ष लगायतले विचार ब्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक मनीष श्रीवास्तवले गर्नु भएको थियो ।

यसैगरी Global Money Week-2023 कार्यक्रम अन्तर्गत कार्यालयको आयोजनामा मिति २०७९ चैत्र १२ गते रुपन्देही जिल्लाको भारतिय सिमावर्ति ग्रामीण क्षेत्रमा पर्ने लुम्बिनी सास्ंकृतिक नगरपालिकामा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयमा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रममा सो विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका, पत्रकार, स्थानिय बुद्धिजिविहरु गरि करिव १०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षक अविभावक संघका अध्यक्ष ओम प्रकास कुर्मिज्युको आतिथ्यता तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका का.मु.निर्देशक जीवन प्रकाश पाण्डेयज्युको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वार्ता प्रस्तुत गर्दै सहायक मनीष श्रीवास्तवले वित्तीय साक्षरता र सचेतनाको बारेमा जानकारी उपलब्ध गराउनुको साथै सफा नोट नीति, जाली नोट पहिचान सम्बन्धमा जानकारी गराउनु भयो । सो कार्यक्रममा सोहि विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पुस्पेन्द्र वरई, बिद्यालयका सहायक प्रधानध्यापक हरि मोहन चौधरी तथा शिक्षक अविभावक संघका अध्यक्ष ओम प्रकास कुर्मि लगायतले विचार ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको समापनका क्रममा सिद्धार्थनगर कार्यालयका का.मु. निर्देशक जीवन प्रकाश पाण्डेयले सहभागिहरुवाट उठेका जिज्ञासाहरुको सम्वोधन गर्दै यस क्षेत्र बुद्धको जन्म स्थलको नजिक रहेकाले यस क्षेत्रमा वित्तीय सचेतना तथा नोटको संरक्षणको विशेष महत्व रहने कारण यो कार्यक्रम पश्चात यहाँ सहभागिहरुमार्फत घर परिवार, समाज र यस क्षेत्रमै यहाँहरुको महत्वपूर्ण भुमिका रहने कुरामा नेपाल राष्ट्र बैंक आसावादि रहेको धारण राख्नु राख्दै सहभागि तथा सम्पुर्ण विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो भने कार्यक्रम सञ्चालन प्रधान सहायक कमल प्रसाद आचार्यले गर्नु भएको थियो ।

Global Money Week-2023  मनाउने सन्दर्भमा सनराईज बैंक लिमिटेड भैरहवाले काशी नोवेल एकेडेमीका विद्यार्थीहरुलाई प्रदान गरेको वित्तीय साक्षरता तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.ले फर्साटिकर रुपन्देहीमा आयोजना गरेको युवा, उद्यमी व्यावसायी लक्षित कार्यक्रममा यस बैंकका सहायक निर्देशक  देवराज ज्ञवालीको सहभागिता रहेको तथा जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले तीलोत्तमामा आयोजना गरेको कार्यक्रममा यस बैंकका स.नि. रमेश कुमार न्यौपानेले सहजिकरण गर्नु भएको थियो ।

यसैगरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको संयोजनमा विद्यालयहरुमा आयोजना गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयको तर्फबाट विद्यालयलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।