
बैंकिङ खबर/ सानिमा बैंकले चैत ६ देखि १२ गतेसम्म ग्लोबल मनि वीक २०२३ अभियान अन्तर्गत देशैभरिका शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
उक्त अवसरमा बैंक कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो। उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपादेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।
वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखामार्फत् छनोट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरियो।
साथै, ग्लोबल मनि वीकको ‘प्लान योर मनि, प्लान योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको बैंकले बताएको छ।
बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखामार्फत् युवा, महिला तथा अन्य समुदायलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालय र १२३ एटीएम सञ्जालहरू सञ्चालनमा छन्।




