Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैकिङ कसुर मुद्दामा फरार काठमाडौं ११ का महेन्द्र नारायण श्रेष्ठ पक्राउ

२०७९ चैत्र १३ गते

बैंकिङ खबर/बैकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका ११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७९ माघ २० गतेको बैंकिङ कसुर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रुपैयाँ जरिबानाको फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरेर अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाएको प्रहरीले जनाएको छ ।