Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

२०७९ चैत्र १२ गते

बैंकिङ खबर/ कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबमा छुट पाउने भएका छन् । बैंक र नेसनल प्याथ ल्याबबीच यससम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने नेसनल प्याथ ल्याबसँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

उक्त सम्झौताअनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ‘इनहाउस’ परीक्षणमा २० प्रतिशत र ‘आउटसोर्स’मा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । कुमारी बैंकले देशभरका ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।